विगत १५ दिनदेखि लगातार रुपमा बढेको पियोर इनर्जीको सेयर मूल्य पछिल्लो ३ दिनदेखि भने लगातर रुपमा घटिरहेको छ । कारोबार खुलेदेखिनै लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भएको यो कम्पनीको सेयर मूल्य पछिल्ला तीन कारोबार दिनमा मात्रै २३.२१ प्रतिशतले घटेको हो ।
यो कम्पनीको सेयर मूल्य पछिल्लो तीन दिनको अन्तरालामा २८० रुपैयाँ २ पैसाले घटेको हो । बुधबार १ हजार २०७ रुपैयाँ २ पैसामा कारोबार भएको यो कम्पनीको सेयर मूल्य सोमबारको कारोबार बन्द हुँदा ९२७ रुपैयाँमा झरेको छ । पियोर इनर्जीको सेयर मूल्य सबै भन्दा बढी १ हजार ३२७ रुपैयाँ ९० पैसासम्म पुगेको थियो ।
सोमबार यो कम्पनीको सेयर मूल्य ५.२१ प्रतिशत अर्थात् ५० रुपैयाँ ९० पैसाले घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस