सन नेपाल लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमा ल्याएको हो,जसमा ८० हजार २२२ कित्ता संस्थापक समूह र १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारण समूहतर्फका छन्।
यी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्रीका लागि उपलब्ध छन्। संस्थापक समूहतर्फका सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू मात्रले आवेदन दिन पाउने छन्, भने सर्वसाधारण समूहका सेयरमा इच्छुक जो–कोहीले आवेदन दिन सक्नेछन्।
आवेदन गर्दा संस्थापक समूहतर्फ कम्तीमा १,००० कित्ता र सर्वसाधारण समूहतर्फ कम्तीमा १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने १० ले ननिभएको बाँकी भाग वा सबै कित्ताका लागि दिन सकिनेछ।
लिलामी आवेदन असार २३ गतेदेखि असार ३० गतेभित्र दिनुपर्नेछ। आवेदन फारामहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङको ठमेल कार्यालय, सन नेपाल लाइफको पुतलीसडक मुख्य कार्यालय, साथै बिराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा उपलब्ध हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस