Like us!
Follow us!
Connect us!
Watch us!

एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १५ असार २०८२, १० : ३५ मा प्रकाशित

एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीअनुसार १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले असार ३० गते सोमबार बिहान ११:४५ बजे, ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा वार्षिक साधारणसभा बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, नयाँ आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ।

त्यस्तै, सर्वसाधारण समूह (समूह ‘ख’) बाट एक जना सञ्चालक चयन गरिनेछ भने संस्थापक समूहबाट नियुक्त सञ्चालकको अनुमोदन पनि सभाबाट लिइनेछ। बोनस सेयर वितरणपछि कम्पनीको पूँजी वृद्धि हुने भएकाले, सो बमोजिम आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको