Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनको गिरावटपछि नेप्सेमा फर्कियो चमक,७ अर्ब १२ करोडको कारोबार

अर्थ संसार

आइतबार, १५ असार २०८२, १५ : १३ मा प्रकाशित

तीन दिनको गिरावटपछि नेप्सेमा फर्कियो चमक,७ अर्ब १२ करोडको कारोबार

तीन दिनको गिरावटपछि आज सेयर बजारमा सुधार देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अकंले बढेर २६२५.८४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।

यसदिन, १२ उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको सेयर मूल्य सर्वाधिक २.१६ प्रतिशतले बढेको हो। साथै, विकास बैंक समूहको १.६७ प्रतिशत, फाइनान्स समूहको ०.६८ प्रतिशतले सेयर मूल्य बढेको छ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३४ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशतका दरले कमाएका छन् । माछापुच्छ्रे बैंकका डिबेञ्चर इकाईधनीले ८.१० प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको