Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना मनोनित

अर्थ संसार

सोमबार, १६ असार २०८२, २० : ५९ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना मनोनित

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित भएका छन् । मनोनित हुनेहरुमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ रहेका छन् ।

न्यौपाने महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, श्रेष्ठ महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उसभापति हुन् ।

तिनै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारणी समितिमा मनोनयन गरे । अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरुबाट महासंघको गतिविधीलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गर्नु भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको