साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजारमा हरियाली देखिएको छ । अघिल्लो दिन पनि बढेको नेप्से परिसूचक आज पनि २८.९१ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६०.३९ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेसटिभ इन्डेक्स पनि ६.१९ विन्दुले बढेर ४५६ .७५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको मात्रै घटेको छ । आज सेयर बजारमा २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन कारोबार भने ७ अर्ब भन्दा केही बढी मात्रै भएको छ । आज ३०९ कम्पनीका १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर ७० हजार २१४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३० लाख ५९ हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस