Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबाट ३ प्रतिशतले मात्रै कमाउँछन् ,यो सबैका लागि होइन - गोपाल स्वामी

अर्थ संसार

बुधबार, १८ असार २०८२, १३ : २२ मा प्रकाशित

सेयर बजारबाट ३ प्रतिशतले मात्रै कमाउँछन् ,यो सबैका लागि होइन - गोपाल स्वामी

नेपालको पुँजी बजारमा सहभागिता भारत र चीनको भन्दा बढीरहेको लगानीकर्ता गोपाल स्वामीले बताएका छन् । अर्थ संसारको लगानीकर्ताको आवाजमा कुराकानी गर्दै उनले पुँजी बजारमा भारत र चीनको भन्दा नेपालको सहभागित धेरै रहेको बताएका हुन् ।

नेपालको कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी नागरिक पुँजी बजारमा सहभागि रहेको भन्दै यो क्षेत्र सबै क्षेत्रका लागि नभएको उनको भनाइ छ । भारत र चीनमा भने ७ प्रतिशत मात्रै मानिसहरु पुँजी बजारमा सहभागिता रहेको उनको भनाइ छ ।

१० कित्ते नीतिका कारण धेरै मानिसहरु पुँजी बजारमा प्रवेश गरेको र त्यसले बजारलाई नै असर परेको पनि उनको भनाइ छ । १० कित्ता सेयर परे पछि बिक्री गर्नका लागि पनि दोस्रो बजारमा आउँनै पर्ने रहेकाले पनि बजार अस्थिर रहेको उनको भनाइ छ ।

सबै नागरिकका लागि सेयर बजार नभएको पनि उनको भनाइ छ । १० कित्ते नीतिले आम नागरिक सेयर बजारमा आउन सक्ने अवस्था भए कित्ता छरिदाँ कम्पनीको आर्थिक अवस्था हेर्ने भन्दा पनि माग बढी र उपलब्ध हुने कित्ता कम हुँदा हुँदा मूल्य बढ्ने गरेको स्वामीको भनाइ छ ।

सेयर बजारबाट ३ प्रतिशतले मात्रै कमाउने र बाँकीले गुमाउने नै भएकाले सबैले कमाउँछन् भन्ने अवस्था नरहने उनको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको