Like us!
Follow us!
Connect us!
Watch us!

रामकुमारी झाँक्री भन्छिन् - मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँ

अर्थ संसार

विहीबार, १९ असार २०८२, १३ : ५५ मा प्रकाशित

रामकुमारी झाँक्री भन्छिन् - मलाई स्पष्टीकरण सोधिएको छैन, भ्रम छरेको बारे स्पष्ट हुन निवेदन दिन आएकी हुँ

नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले यस्तो जिकिर गरेकी हुन ।

अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनले बताइन् ।

‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन,’ उनले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु, त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

बुटवलमा पार्टी-सम्बद्ध युवा संगठनद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा झाँक्रीले 'मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं' भन्ने टिप्पणी गरेकी थिइन्। उनको यस्तो अभिव्यक्तिपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यान दिन आग्रह गरेका छन्।

 

 

  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको