Like us!
Follow us!
Connect us!
Watch us!

मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु - रामकुमारी झाँक्री

अर्थ संसार

सोमबार, २९ मंसिर २०८२, १३ : २४ मा प्रकाशित

मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु  - रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिहरूसँगको भेटघाटमा आफूले विगतमा गरेका गल्ती स्वीकार गर्दै मत मागिरहेको बताएकी छन्। एमालेबाट विद्रोह गरी तत्कालीन एकीकृत समाजवादीमा गएकी उनी केहीअघि मात्रै पुनः एमालेमै फर्किएकी थिइन्।

महाधिवेशन स्थल भृकुटीमण्डपमा महाधिवेशनको माहोल र प्रतिनिधिसँगको घुलमिलबारे पत्रकारहरूले सोधेको प्रश्नमा झाँक्रीले प्रतिक्रिया दिइन्। सोमबार पत्रकारले ‘नेता–कार्यकर्तासँग कसरी घुलमिल हुनुभएको छ ? विगतको गल्ती स्वीकार्दै पार्टीमा फर्किएको भन्दै प्रतिनिधिलाई कसरी रिझाउँदै हुनुहुन्छ ?’ प्रश्न गरेका थिए ।

यसको जवाफमा झाँक्रीले हाँस्दै भनिन्, ‘मैले भन्नुपर्ने सबै कुरा त तपाईंहरूले नै सिकाइदिनुभयो, अस्तिदेखि त्यही भनिरहेकी छु।’

हाल महाधिवेशन स्थलमा झाँक्री प्रतिनिधिहरूसँग बाक्लो भेटघाट र छलफलमा व्यस्त रहेकी छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको