Like us!
Follow us!
Connect us!
Watch us!

भयानकै होला भनेर सुरू गरेको यात्रा समाप्त भयो - रामकुमारी झाँक्री

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १२ : १४ मा प्रकाशित

भयानकै होला भनेर सुरू गरेको यात्रा समाप्त भयो - रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको बताइन् । 

झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’  उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् ।

‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो । विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ इतिहासले मूल्यांकन गर्ने छ,’ झाँक्रीले थपिन् ।

अब यो यात्रा टुंगिएकोमा आफू खुशी नै भएको उनले बताइन् । यो यात्रा अवरुद्ध छ भन्ने धेरै पहिले थाहा पाए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको प्रष्ट पारिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको