Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न - भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

अर्थ संसार

सोमबार, २३ चैत्र २०८२, १४ : ३० मा प्रकाशित

सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न - भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?

नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले भदौ २४ गते भएको सिंहदरबारलगायतका घटनाको सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताएकी छन्।

सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले उक्त घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भन्ने प्रश्न सरकारसँग राखिन्। नवयुवाहरूलाई गलत तरिकाले परिचालन गरी सिंहदरबारजस्ता स्थानहरूमा भएको क्षतिप्रति आफू भावुक बनेको उल्लेख गर्दै उनले घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने जोड दिइन्।

सांसद झाँक्रीले सरकारले समस्यालाई लुकाएर सबै ठीकठाक छ भन्ने सन्देश दिने प्रयास गर्नु उचित नहुने पनि बताइन्।

उनले भनिन्, ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरू आए । २४ गते खण्डहर भएका सिंहदरबार, जलेका सिंहदरबारका कुराहरू राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको  हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरबार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरूलाई यस ढङ्गले कसले प्रयोग ग¥यो ? यसको जवाफ आज होइन, भोलि वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ । कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ ? ’ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको