प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको करिब १ लाख ४८ हजार ६०० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ।
हाललाई यस सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदको लागि निवेदन दिन पाउने व्यवस्था गरिएको छ। सेयर खरिदका लागि ३५ दिने समयसीमा दिइएको छ। यस अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
यदि तोकिएको समयभित्र संस्थापक समूहबाट सेयर खरिदको लागि पर्याप्त निवेदन नपरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस