Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १० : ४८ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ५५ हजार ८०० कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्न सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको