Like us!
Follow us!
Connect us!
Watch us!

यातायात विभागको सूचना : सवारी चालक लाइसेन्ससँग सम्बन्धित सबै सेवा बन्द

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १३ : ३७ मा प्रकाशित

यातायात विभागको सूचना : सवारी चालक लाइसेन्ससँग सम्बन्धित सबै सेवा बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि यातायात व्यवस्था विभागले आजदेखि सम्बन्धित सबै सेवा बन्द गरेको छ।

विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि सवारी चालक अनुमतिपत्रसम्बन्धी सबै सेवा — ईडीएल प्रणाली, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रणाली — अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ।

'सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द भएको व्यहोरा जानकारी गराइन्छ,' विभागले जारी गरेको सूचनामा उल्लेख छ।

प्राविधिक समस्या समाधानका लागि काम भइरहेको विभागले जनाएको छ। समाधान भएपछि सेवा पुनः सुरु गरिने जानकारीसहित विभागले अर्को सूचना प्रकाशन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको