नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा पूँजी बजार सुदृढीकरणका लागि १४ बुँदे सुझाव दिएको छ।
बोर्डले सूचीकृत कम्पनीहरूको संख्या बढाउन नीति कार्यान्वयनमा जोड दिएको छ। सुशासन अभ्यास गर्ने कम्पनीलाई कर्जा ब्याजदरमा छुट दिनुपर्ने, सेयर धितो कर्जा सीमा हटाउनुपर्ने, तथा बैंकहरूलाई अल्पकालीन सेयर लगानी अनुमति दिनुपर्ने सुझाव दिएको हो ।
मर्जर/एक्वीजिसन नीति सुधार, थोक मार्जिन कर्जा प्रवाहको व्यवस्था, लाभांशमा अनावश्यक प्रतिबन्ध हटाउने, र कनेक्ट आइपिएसको रकमान्तर सीमा बढाउने प्रस्ताव पनि गरिएको छ।
गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा सहजरूपमा लगानी गर्न दिने, विदेशी मुद्रा ल्याएर कर्जा लिन सक्ने व्यवस्था, र विशिष्टिकृत लगानी कोष तथा मर्चेण्ट बैंकरमा लगानीलाई प्राथमिक पूँजीबाट नघटाउने नीतिगत माग समेत बोर्डले राखेको छ।
नेप्से प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउन राष्ट्र बैंकको सहजीकरण आवश्यक रहेको बोर्डले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस