Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलताको चाप यथावत् - आज बजारबाट ४५ अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २२ असार २०८२, १० : ४९ मा प्रकाशित

अधिक तरलताको चाप यथावत् - आज बजारबाट ४५ अर्ब तान्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज असार २२ गते आइतबार बजारबाट ४५ अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२  दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । यसका लागि राष्ट्र बैंकले असार २२ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत बोलपत्र आव्हान गरेको छ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

निक्षेप संकलन उपकरणको न्यूनतम प्रस्तावित रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ अर्ब रुपैयाँसम्म निर्धारण गरिएको छ। आव्हान गरिएको कुल रकम ४५ अर्ब रुपैयाँको सीमाभित्र रहनुपर्ने शर्तका साथ बोली लगाउन सकिनेछ।

बोलकबोल प्रक्रियाबाट व्याजदर निर्धारण गरिनेछ भने यस्ता उपकरणको ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। व्याजदर कम भएका बोलपत्रलाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिने व्यवस्था छ।

बोलपत्र स्वीकृत भएका बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट रकम काटिनेछ र संकलित निक्षेपको छुट्टै खाता खोलिनेछ। यसबाहेक निक्षेप संकलन उपकरणको भुक्तानी भदौ १ गते हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको