चीनतर्फबाट आएको बाढीका कारण रसुवागढीमा भएको क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल रसुवा जाने भएका छन् ।
उनीसँगै अर्थसचिव घनश्याम उपाध्याय र भन्सार विभागका महानिर्देशक महेश भट्टराई पनि टोलीमा सहभागी छन्। यसका लागि हेलिकोप्टरको व्यवस्था गर्न अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ।
गएको राति आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। हालसम्म कम्तीमा १८ जना बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनालाई उद्धार गरिसकेको छ।
बाढीको बेला रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरी प्रमुख डीएसपी हेम शाही भने काठमाडौंमा थिए। उनीहरू गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौं आएका थिए। बाढीको खबर आएलगत्तै गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई जिल्लातर्फ फर्कन सहजीकरण गरिएको थियो।
उक्त कार्यक्रमका लागि गृहमन्त्री रमेश लेखक पनि धुलिखेल पुगेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस