चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, यो सूचिकृत रकम ११ महिनाको अवधिमा थपिएको हो।
यस अवधिमा २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर,२२ अर्ब ४० करोडको साधारण सेयर, १२ अर्ब १५ करोडको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ, र ३ अर्ब ९६ करोड बराबरका अन्य सेयरहरु समावेश छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। तीमध्ये १३२ बैंक, वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९१ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनीहरू रहेका छन्।
धितोपत्र बजारमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्साले ५२.१ प्रतिशत ओगटेको छ। जलविद्युत कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनी ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योग ५.५ प्रतिशत, व्यापारिक संस्था ५.३ प्रतिशत, होटल २.८ प्रतिशत, र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, १३ अर्बको म्युचुअल फण्ड, ८ अर्ब ४२ करोडको डिबेन्चर, र २ अर्ब ७५ करोड बराबरको साधारण सेयर सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ, जसको कुल मूल्य ३९ अर्ब १२ करोड छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस