Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति छापामार शैलीमा आउँदैछ- नरबहादुर थापा

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १० : ४४ मा प्रकाशित

मौद्रिक नीति छापामार शैलीमा आउँदैछ- नरबहादुर थापा

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति प्रयाप्त छलफपछि आउनु पर्नेमा छापामार शैलिमा ल्याउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै मौद्रिक नीति दिर्घकालिन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन् । 

अर्धवार्षिक समिक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पु¥याउन माग गरेका छन् । नेपालको ब्यालेन्स अफ पेमेन्ट प्रयाप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए । ‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरु भैरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भने, ‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन्। नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन् ।’

नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा  थापाले सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फिति नबढेपनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महंगो रहेको बताए । नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भैरहेको बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको