Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिले धेरै सुधारको आशा देखाएको छ, अब बजार बढ्नै पर्छ- छोटेलाल रौनियार

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १६ : ११ मा प्रकाशित

मौद्रिक नीतिले धेरै सुधारको आशा देखाएको छ, अब बजार बढ्नै पर्छ- छोटेलाल रौनियार

आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सकारात्मक रुपमा आएको नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनीयारले बताएका छन् । मौद्रिक नीति पछि अर्थ संसारलाई छोटो प्रतिक्रिया दिदैँ रौनियारले धेरै कुरालाई नीतिले संवोधन गरेको बताएका हुन् । 

व्यक्तिगत तर्फको १५ करोडको सीमालाई २५ करोड पु¥याउनु, लघुवित्तको १५ प्रतिशतको स्याल्पमा पुनःविचार गर्नु सकारात्मक रहेको उनको भनाइ छ । यस्ता कुराले बजारमा थप लगानी हुने र बजार थप चलायमान हुन सहयोग पुग्ने उनले बताए । यसले बैंकको आम्दानी पनि बढ्ने उनको भनाइ छ । 

लघुवित्तले धेरै कमाउँदा धेरै र कम कमाउँदा कम लाभांश दिने भएकाले १५ प्रतिशतको सीमा अव्यवहारीक रहेको उनको भनाइ छ । अहिलेको मौद्रिक नीतिले बैंकको लगानी पनि बढ्ने र आम्दानी पनि बढ्छ । यसले समग्र अर्थतन्त्रमा नै सकारात्म प्रभाव पार्छ,’ उनले भने । 

त्यस्तै घर लोनमा पनि २ करोडबाट ३ करोडसम्मको लोनमा बैंकले ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने व्यवस्थालाई पनि सकारात्मक रुपमा लिनु पर्ने उनको भनाइ छ । ‘नयाँ गभर्नर आएसँगै मौद्रिक नीतिको समीक्षाबाट सकारात्मक देखिएको भए पनि नयाँ मौद्रिक नीतिले थप सकारात्मक सन्देश दिएको छ,’ उनले भने । उनले आइतबार बजारमा मौद्रिक नीतिको झलक देखिने पनि बताए । आइतबार बजार सकारात्मक रुपमा बढ्छ जस्तो लाग्छ । हेरौँ के हुन्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको