नेपाल एसबिआई बैंक लिमिटेडले १० वर्ष अवधिको डिबेञ्चर आजदेखि (असार ३० गते) बजारमा ल्याएको छ। बैंकले ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ नामक ऋणपत्र सार्वजनिक निष्काशनमार्फत बिक्री खुला गरेको हो, जसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ।
बैंकले यस पटक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दैछ। प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य निर्धारण गरिएको छ। यसमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्रहरू व्यक्तिगत रूपमा विक्रि गरिनेछन् भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूका लागि उपलब्ध हुनेछ।
सर्वसाधारणका लागि छुट्याइएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
न्यूनतम २५ कित्ता आवेदन अनिवार्य
यो ऋणपत्रमा न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
साउन १ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो म्यादभित्र सम्पूर्ण ऋणपत्र बिक्री नहुन सकेमा साउन १२ गतेसम्म आवेदन अवधि लम्बिन सक्ने व्यवस्था गरिएको छ।
यस डिबेञ्चरको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस