Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, ०७ : ४८ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ।

कम्पनीका अनुसार इच्छुक व्यक्ति वा संघ–संस्थाले ७ कार्यदिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीले आफ्ना कायम संस्थापक शेयरधनीहरूका लागि प्राथमिकताका साथ शेयर बिक्री खुला गरे पनि पर्याप्त आवेदन प्राप्त नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

शेयर खरिद गर्न चाहने लगानीकर्ताहरूले तोकिएको म्यादभित्र सबै आवश्यक कागजातसहित निवेदन दिनु पर्नेछ। कम्पनीले यसबारे थप जानकारीका लागि कार्यालय वा आधिकारिक सूचना हेर्न अनुरोध गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको