नेपाली सिमेन्ट उद्योगको अग्रणी ब्राण्ड शिवम् सिमेन्टले आफ्नो चर्चित क्याम्पेन "Quality को मामलामा No Compromise" अन्तर्गत दोस्रो सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।
भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत “सर्तकताको मामलामा No Compromise” भन्ने बलियो सन्देश दिइएको छ। यसले दैनिक जीवनका निर्णयहरूमा विवेक, सावधानी र सजगता आवश्यक हुन्छ भन्ने कुरालाई उजागर गरेको छ।
शिवम् सिमेन्टले यसअघि अभियानको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको कथामार्फत "कर्तव्यको मामलामा No Compromise" भन्ने गहिरो सामाजिक सन्देश प्रस्तुत गरेको थियो। सो भिडियोले दर्शकहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको थियो।
शिवम् सिमेन्टका अनुसार यो अभियान केवल व्यावसायिक विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको छ। “No Compromise भन्न जति सजिलो छ, व्यवहारमा पुरा गर्न त्यति नै गाह्रो छ; तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सशक्त सन्देशमार्फत कम्पनीले गुणस्तरप्रतिको आफ्नो अटल प्रतिबद्धता पुनः दोहोर्याएको छ।
शिवम् सिमेन्ट स्थापना कालदेखि नै केवल ओ.पी.सी. (Ordinary Portland Cement) सिमेन्ट उत्पादन तथा बिक्रीमा केन्द्रित रहँदै आएको छ। कम्पनीले जस्तोसुकै परिस्थिति आए पनि No Compromise को नीतिमा अडिग रहँदै गुणस्तरीय सिमेन्ट उत्पादन तथा वितरण गरिरहेको छ।
“गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, “कर्तव्यको मामलामा No Compromise” जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल दर्शन स्पष्ट रूपमा झल्काउँछन्।
शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी हो जसले NS Quality Award 2019 प्राप्त गरेको छ। यो पुरस्कारले कम्पनीको उत्कृष्ट गुणस्तर र उद्योगप्रतिको योगदानलाई मान्यता दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस