Like us!
Follow us!
Connect us!
Watch us!

पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई गुहेश्वरी मर्चेन्टको आग्रह

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १० : ४१ मा प्रकाशित

पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई गुहेश्वरी मर्चेन्टको आग्रह

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले पुराना लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई कागजातसहित कम्पनीमा सम्पर्क गर्न आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का लागि वितरण गरेको लाभांश अझै केही सेयरधनीहरूले नलिएको हुँदा सूचना जारी गरी बोलाएको हो।

सेयरधनीहरूलाई ललितपुरको पुल्चोकस्थित हरिहरभवनमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको छ।

कम्पनीले लाभांश लिन बाँकी सेयरधनीहरूको नामावली आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको छ। साथै, निर्धारित समयभित्र लाभांश नलिने सेयरधनीहरूको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी पनि दिएको छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको