Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली बजारमा आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १० : ४९ मा प्रकाशित

नेपाली बजारमा आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार   ?

सुनको मूल्य आज स्थिर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको उक्त मूल्य सोमबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ४० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ३ हजार ३५६ अमेरिकी डलर र चाँदी ३८.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको