कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। विद्यमान सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।
सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र कास्कीको पोखरा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकेको अवधि भित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नआएमा बाँकी रहेका सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस