कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा हाल कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका पाण्डेलाई नै स्थायी रूपमा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
स्याङ्जाको वालिङ नगरपालिका–६ निवासी पाण्डे यसअघि कामु सीईओका रूपमा कार्यरत थिए। उनलाई माघ १८ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस