प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गर्दै सेयर बजारमा आएको उल्लेख्य सुधारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री ओलीले नेप्से सूचकांक २१०० बिन्दुबाट बढेर २८०० बिन्दु नाघेको उल्लेख गर्दै पूँजीबजार 'रातोबाट हरियो' अवस्थामा पुगेको दाबी गरेका छन्। उनले यसलाई अर्थतन्त्रको समग्र सुधारको संकेतका रूपमा लिँदै लगानीमैत्री वातावरण निर्माणमा सरकार दृढ रहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्रीले पोस्ट गरेको सन्देशसँगै सार्वजनिक गरिएको फोटोमा नेप्से सूचकको हरियो ग्राफसहितको सेयर बजारको दृश्य देखिन्छ, जुन सेयर बजारमा देखिएको उत्साहजनक वृद्धिको प्रतिकको रूपमा प्रस्तुत गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस