Like us!
Follow us!
Connect us!
Watch us!

३ हजार विन्दु नजिक पुगेर फर्कियो नेप्से, कारोबार रकममा सामान्य गिरावट

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १४ : ५२ मा प्रकाशित

३ हजार विन्दु नजिक पुगेर फर्कियो नेप्से, कारोबार रकममा सामान्य गिरावट

बुधबार दिन भरको घटबढ पछि सेयर बजार अन्तिममा बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ३ हजार विन्दु नजिक पुगेर अन्तिममा २९८३.३१ विन्दुमा आएर बन्द भएको हो । 

आज नेप्से परिसूचक ९.६१ अंकले बढेर कारोबार बन्द भएको हो । आज विहाना साढे ११ बजेको समयमा सेयर बजार परिसूचक २९९२.२ विन्दुसम्म पुगेको थियो । आज सेयर बजारमा ९८ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १५२ कम्पनीको सेयर मूल्य घटेको छ । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले बढेर ५१७.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको उपसूचकको सेयर मूल्यमा भने गिरावट आएको छ ।

आज परिसूचक सामान्य बढे पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिन २० अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर १ लाख ७० हजार ३१ड पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । 

नोट : १५ मिनेट पछि एभरेजिङ हुने भएकाले अंकमा केही तलमाथि हुन सक्छ ।

 

6880ab1b93f57.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको