संसदमा फेरि पनि सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा मागीएको छ । शुक्रबारको संसदमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको नेतृत्व सत्तापक्षले गरिरहेको भन्दै आपत्ति जनाउँदै राजीनामा माग गरेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलमाथि प्रश्न उठ्दा समेत राजीनामा नदिएको उनको भनाइ छ । ‘समितिको नेतृत्वबारेमा प्रश्न उठ्दा पनि आजसम्म मार्ग प्रशस्त गरेका छैनन्। म मार्ग प्रशस्त गर्न आग्रह गर्छु,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस