Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाका सांसदहरुको सामूहिक राजीनामा, जेन–जीको आन्दोलनलाई समर्थन

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १४ : ०४ मा प्रकाशित

रास्वपाका सांसदहरुको सामूहिक राजीनामा, जेन–जीको आन्दोलनलाई समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सामूहिक रूपमा पदत्याग गर्ने निर्णय गरेका छन्। आज बसेको संसदीय दलको बैठकपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सो निर्णयको जानकारी दिएका हुन्।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अर्यालले भने, “देशको मूल सम्पत्ति जेन–जेड पुस्ताको माग र अपेक्षामा हाम्रो पूर्ण समर्थन छ। निरन्तर आन्दोलनमा रहने संकल्पसहित सचिवालयले अघि सारेको सामूहिक राजीनामाको प्रस्तावलाई संसदीय दलले सर्वसम्मत अनुमोदन गरेको छ।”

यससँगै रास्वपाका सबै प्रतिनिधिसभा सदस्यहरुले एकैपटक पदबाट फिर्ता हुने घोषणा गरेका छन्।

68bfe3b0f03f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको