ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले वर्षौंदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई नेपाल–भारत दुवै देशको हितमा अघि बढाउने गृहकार्य भइरहेको बताएका छन्। प्रेस युनियन कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना अघि बढाउन महत्त्वपूर्ण समझदारी गरिने लक्ष्यसहित मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार, नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाबारे सम्झौता भएको दुई दशक बितिसक्दा पनि कार्यान्वयनमा ढिलाइ हुँदा नेपालले करिब एक खर्ब रुपैयाँ घाटा बेहोर्नु परेको छ।
मन्त्री खड्काले पञ्चेश्वर परियोजना लगायतका अन्य जलविद्युत् आयोजनाहरूलाई दुई पक्षीय हितमा अघि बढाउन संवाद आवश्यक रहेको उल्लेख गर्दै, प्रधानमन्त्रीको भ्रमणका क्रममा पञ्चेश्वरसम्बन्धी विवादित बुँदाहरूमा सहमति जुटाउने प्रयास भइरहेको स्पष्ट पारे।प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गते तय भएको छ।
नेपालमा जलविद्युत्का क्षेत्रमा अपार सम्भावना रहे पनि स्रोतसाधनको अभाव, कानुनी जटिलता र आर्थिक समस्याका कारण पश्चिम सेतीजस्ता महत्त्वपूर्ण आयोजनाहरू वर्षौंदेखि अलपत्र रहेको मन्त्री खड्काले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस