ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिंदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेकाले लोडसेडिङको चर्चा तथ्यमा आधारित नभएको बताए।
‘हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,’ ऊर्जामन्त्री खड्काले भने ।
उनले सरकार विद्युत् विस्तार र आपूर्तिमा सक्रिय रूपमा लागिरहेको जनाउँदै हाल नेपालले १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिरहेको र १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको जलविद्युत् आयात गरिरहेको जानकारी दिए।
‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत् पुर्याउन बाँकी छ । ती ठाउँहरूमा पनि विद्युत् आपूर्ति गरिराखेको अवस्था छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस