महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले सूचना जारी गरेर लाभांश लिन आग्रह गरेको हो ।
साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक र साविक भ्याली फाइनान्स, यती फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक मर्ज भएर यती डेभलपमेन्ट बैंक बनेको थियो।
पछि सोही महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक पनि आपसमा मर्ज भएर महालक्ष्मी विकास बैंक बनेको थियो । अहिले बैंकले साविकका कम्पनी सहित यस बैंकको विभिन्न साधारणसभाले पारित गरेको लाभांश लिन बाँकी सेयरधनीलाई बोलाएको हो ।
बैंकले त्यस्ता सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्सालमा सम्पर्क गरी लाभांश लिन बोलाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस