साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक उच्च अंकले घटेको छ । आइतबारको कारोबार बन्द हुँदा परिसूचक ६५.२० अंकले घटेर २८५७.४३ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा २.२३ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १०.३१ अंकले घटेर ४९०.८१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज सेयर बजारमा ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १ लाख ५२ हजार ५१८ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नोट : १५ मिेट पछिको एभरेजिङ पछि अंकमा तलमाथि हुन सक्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस