Like us!
Follow us!
Connect us!
Watch us!

निलम्बित अध्यक्ष ओझाको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

अर्थ संसार

आइतबार, १८ साउन २०८२, १६ : ५३ मा प्रकाशित

निलम्बित अध्यक्ष ओझाको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । ओझा सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालत पुगेका थिए । 

रिट सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । उक्त रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो । ओझामाथि फर्जीं र झुठो कागजात तयार पारी मन्त्रिपरिषदमा पेश गरेर बीमा प्राधिकरणमा नियुक्ति लिएको आरोप लाग्दै आएको छ । सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत अर्काे मुद्दा विचाराधीन अवस्थामा छ ।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन् । छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएर उनले मुद्दा हालेका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको