बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी अघिल्लो आर्थिक वर्षको भन्दा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा पुगेको हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनी यस्तो नोक्सानी १ कराड ४९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १४ करोड ८८ लाख रुपैयाँबाट घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनकिो कुल नाफा १४ करोड १ लाख रुपैयाँबाट १३ करोड ६२ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ६ करोड २७ लाख रुपैयाँबाट बढेर ७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ १४ पैसा रहेको छ । ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस