Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, बिद्युत बिक्री आम्दानी साढे १३ करोड

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १४ : २१ मा प्रकाशित

एशियन हाइड्रोपावरको नोक्सानी घट्यो, बिद्युत बिक्री आम्दानी साढे १३ करोड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी घटेको छ । कमपनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नोक्सानीमा केही सुधार देखिएको हो । 

कम्पनीको विद्युत बिक्री आम्दानी बढेपछि नोक्सानी २ करोड ८१ लाख रुपैयाँ पुगेको हो । कम्पनीको यस्तो नोक्सानी अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा ५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.६९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ३६ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको वित्त खर्चपनि १० करोड ८२ लाख रुपैयाँबाट घटेर ८ करोड ४६ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको चुक्तापुँजी ३४ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिजर्भको आकार ४ करोड ४७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड २० लाख र कुल चालु दायित्व १५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८६.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.७६ गुणा ऋणात्मक र तरलता अनुपात ०.८० प्रतिशत कायम भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको