Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको नोक्सान घट्दा के भए अन्य सूचक ?

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १४ : ४० मा प्रकाशित

तारागाउँ रिजेन्सीको नोक्सान घट्दा के भए अन्य सूचक ?

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा होटल १२ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा होटल ८ करोड ७५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण घट्दै गएकाे र पर्यटकको आगमनमा बढेकाे हुनाले नाेक्सान घटेकाे हाे ।

त्यस्तै, १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ चुक्ता पूँजी रहेकाे होटलकाे जगेडा कोषमा भने २४ करोड २१ लाख रूपैयाँ कायम रहेको छ । त्यसैगरी, होटलकाे प्रतिसेयर आम्दानी ७ पैसा ॠणात्मक रहेकाे छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १५ पैसा रहेकाे छ ।

होटलले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

622f04c360291.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको