साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबारको सेयर बजार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्यमा वृद्धि देखिएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ८ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ९५ हजार ८३९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस