सामूहिक लगानी योजना (म्युचुअल फण्ड)हरूले आर्थिक वर्ष २०८१/८२ का लागि धमाधम लाभांश घोषणा गरिरहेका छन्। हालसम्म (साउन २१ गते बिहान ११ बजेसम्म) कुल १६ वटा म्युचुअल फण्डहरूले आफ्नो लाभांश घोषणा गरिसकेका छन्।
लाभांश घोषणा गर्ने फण्डहरू
- सनराइज ब्लु चिप फण्ड – लक्ष्मी सनराइज क्यापिटल
- शुभ लक्ष्मी कोष – लक्ष्मी सनराइज क्यापिटल
- लक्ष्मी भ्यालु फण्ड–२ – लक्ष्मी सनराइज क्यापिटल
- कुमारी सुनौलो लगानी योजना – कुमारी क्यापिटल
- सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम – सिद्धार्थ क्यापिटल
- एनआईबिएल सहभागिता फण्ड – एनआईएमबि क्यापिटल
- गरिमा समृद्धि योजना – गरिमा क्यापिटल
- एनएमबि सरल बचत फण्ड ई – एनएमबि क्यापिटल
- एनआईसी एशिया सेलेक्ट–३० (खुलामुखी)
- एनआईसी एशिया ग्रोथ फण्ड
- एनआईसी एशिया इक्विटी फण्ड
- एनआईसी एशिया इस्लामिक फण्ड
- लक्ष्मी उन्नति कोष – लक्ष्मी सनराइज क्यापिटल
- सनराइज फर्स्ट म्युचुअल फण्ड – लक्ष्मी सनराइज क्यापिटल
- सनराइज फोकस्ड इक्विटी फण्ड – लक्ष्मी सनराइज क्यापिटल
- मुक्तिनाथ म्युचुअल फण्ड–१ – मुक्तिनाथ क्यापिटल
घोषित फण्डहरूमध्ये सबैभन्दा बढी लाभांश लक्ष्मी उन्नति कोषले घोषणा गरेको छ, जसले २० प्रतिशत लाभांश दिनेछ। त्यसपछिको स्थानमा सनराइज ब्लु चिप फण्ड (१९ प्रतिशत) र शुभ लक्ष्मी कोष (१६ प्रतिशत) रहेका छन्। १६ फण्डमध्ये सबैभन्दा धेरै, अर्थात् ६ वटा फण्ड लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका छन्, जसले सबैभन्दा उच्च लाभांश दरहरू पनि प्रस्ताव गरेका छन्।
अर्कोतर्फ, सबैभन्दा कम लाभांश घोषणा गर्ने फण्ड मुक्तिनाथ म्युचुअल फण्ड–१ रहेको छ, जसले ३.८० प्रतिशत मात्र लाभांश दिनेछ। हालसम्म लाभांश घोषणा गरिएका १६ फण्डमध्ये ६ वटा खुलामुखी योजना रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस