गत आर्थिक वर्ष २०८१/०८२ मा निर्जीवन बीमा कम्पनीको व्यवसयामा सामान्य वृद्धि भएको छ । ठूला निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ६.७७ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा ठूला १४ वटा निर्जीवन बीमा कम्पनीहरुले करिब ४४ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको व्यवसाय गरेका छन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ४१ अर्ब १७ लाख १३ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
वर्षदिनको अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको शिर्ष स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ५.९२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४७ करोड २ लाख रुपैयाँको व्यवसाय गरेको थियो । गत आवमा सर्वाधिक ब्यवसायी गर्ने कम्पनीको दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्यारेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ४.४६ प्रतिशतले व्यवसाय वृद्धि गरेर ५ अर्ब २० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा धेरै व्यवसाय गर्ने कम्पनीको तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३१ करोड २ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा ३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले कुल ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
समिक्षा अवधिमा हिमालयना एभरेष्टको व्यवसाय १०.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड ४ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै गत आवमा आइजिआई प्रुडेन्सियलको ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ५.८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ कराड ६ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
त्यस्तै गत आवमा नेको इन्स्योरेन्सले पनि अघिल्लो आर्थिक वर्षको भन्दा ४.४८ प्रतिशतले व्यवसाय बढाएको छ । यो कम्पनीले गत आवमा ३ अर्ब २८ करोड १८ लाख रुपैयाँको व्यवसाय गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको व्यवसाय ३ अर्ब १४ करोड १० लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै गत आवमा एनएलजि इन्स्योरेन्सको व्यवसाय २०.०६ प्रतिशतले बढेर ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले २ अर्ब ५५ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेको थियो । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा २.०६ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीले २ अर्ब ७२ करोड ७२ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
गत आर्थिक वर्षमा दि ओरियन्टलको व्यवसाय २५.१४ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आवमा २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो । त्यस्तै गत आवमा सानिमा जिआईसिले कुल २ अर्ब ७० करोड ३२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा ३.२४ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । यस्तै, नेपाल इन्स्योरेन्सको गत आर्थिक वर्षमा २ अर्ब ३ करोड ७४ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा २८.१४ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ३ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
त्यस्तै गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सको १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आवको भन्दा ५.१४ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
गत आर्थिक वर्षमा व्यवसाय घट्ने दुई कम्पनीमा नेपाल बीमा कम्पनी र नेशनल इन्स्योरेन्स रहेका छन् । गत आर्थिक वर्षमा राष्टिय बीमा कम्पनीको १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अघिल्लो आवको भन्दा १३.४८ प्रतिशतले कम हो । यो कम्पनीले अघिल्लो आवमा १ अर्ब ५९ करोड ४० लाख रुपैयाँको व्यवसाय गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा नेशनल इन्स्योरेन्सको व्यवसाय ११.४४ प्रतिशतले घटेर १ अर्ब ६ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीले अघिल्लो आवमा १ अर्ब १९ करोड ८७ लाख रुपैयाँको बीमा व्यवसाय गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस