Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनमै छुटे सिप्रबी सेक्युरिटिजका महाप्रवन्धक जयन्त, उजुरीकर्ता नै फरार

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, १९ : ३७ मा प्रकाशित

तीन दिनमै छुटे सिप्रबी सेक्युरिटिजका महाप्रवन्धक जयन्त, उजुरीकर्ता नै फरार

साढे ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव तीन दिनमै छुटेका छन् । आफू विरुद्ध उजुरी परेपछि प्रहरीको अनुसन्धानका लागि सहयोग गर्न आफै प्रहरीकोमा  पुगेका श्रीवास्तव आज छुटेका हुन् । 

बुधबार उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौका कार्यालय भद्रकालीमा पुगेका थिए । त्यस पछि प्रहरीले थप अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको थियो । उक्त तीन दिनमा नै श्रीवास्तव हिरासत मुक्त भएका हुन् । उनले आफूलाई बदनाम गर्ने उद्देश्यले मात्रै उजुरी दिएकाले छुटेको बताए । आफू विरुद्ध उजुरी परेको जानकारी पाए पछि प्रहरीकोमा पुगेको र अनुसन्धानमा केही गल्ती गरेको नपाए पछि प्रहरीले छोडेको श्रीवास्तवले बताए । 
उजुरीकर्ताले यस अघि पनि सेयर खरिद बिक्री हुने गरेको भनेर जाहेरिमा उल्लेख गरेको भए पनि उनीहरुले आफ्नोबाट कुनै पनि कारोबार नगरेको श्रीवास्तवको भनाइ छ । आफूलाई बदनाम गर्नका लागि मात्रै यस्तो गरिएको र जाहेरि दिनेहरु नै अहिले फरार रहेको उनले बताए । 

श्रीवास्तव विरुद्ध मिता मुररकाअग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी दिएका थिए । तर उनीहरु आफ्नो ग्राहक नै नभएको श्रीवास्तवले बताए । ग्राहक कोर्ड नभएको र उनीहरुले आफ्नोबाट यस अघि पनि कारोबार नगरेको उनको भनाइ छ । उजुरीमा सेयर खरिदको कुरा उल्लेख गरिएको तर, उनीहरुसँग कुनै पनि सेयर कारोबार सिप्रबीबाट नभएकाले उनको भनाइ छ । 


 

68960af363dc6.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको