Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएल दोस्रो संस्करणको मिनी अक्सन सम्पन्न, ८ टोलीले ३७ खेलाडी अनुबन्ध

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ०७ : २४ मा प्रकाशित

एनपीएल दोस्रो संस्करणको मिनी अक्सन सम्पन्न, ८ टोलीले ३७ खेलाडी अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनमार्फत आठ टोलीले ३७ नेपाली खेलाडी अनुबन्ध गरेका छन्। १६४ खेलाडीको सूचीबाट छनोट भएका यी खेलाडीसँगै हरेक टोलीमा अब ११–११ जना नेपाली खेलाडी आबद्ध भएका छन्।

यस संस्करणमा ‘ए’ श्रेणीका चार खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा अनुबन्धित भए। तीमा देव खनाल र अर्जुन साउद (चितवन राइनोज), आदिल आलम (काठमाण्डू गोर्खाज) र पवन सर्राफ (कर्णाली याक्स) परेका छन्। यी खेलाडीहरूलाई एकभन्दा बढी टोलीले दाबी गरेपछि ‘लक्की ड्र’ बाट अन्तिम निर्णय गरिएको हो।

त्यसैगरी दिलीप नाथ, शेर मल्ल, हेमन्त धामी, सूर्य तामाङ, सन्तोष यादव र युवराज खत्री १०–१० लाख रुपैयाँमा अनुबन्ध भए।

सबैभन्दा बढी खर्च चितवन राइनोजको
अक्सनमा चितवन राइनोजले ३९ लाख रुपैयाँ खर्च गर्दै सबैभन्दा बढी खर्च गर्ने टोली बन्यो भने पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँ खर्च गर्दै सबैभन्दा कम खर्च गर्ने टोली रह्यो।

टोलीहरूको खेलाडी सूची

  • जनकपुर बोल्ट्स: आसिफ शेख (मार्की), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापा मगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकाश आग्री।

  • सुदूरपश्चिम रोयल्स: दिपेन्द्रसिंह ऐरी (मार्की), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा, मिलन बोहरा।

  • कर्णाली याक्स: सोमपाल कामी (मार्की), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे, युवराज खत्री।

  • चितवन राइनोज: कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य, रन्जित कुमार।

  • काठमाण्डू गोर्खाज: करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल आलम।

  • विराटनगर किङ्स: सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शङ्कर राना।

  • पोखरा एभेन्जर्स: कुशल भुर्तेल (मार्की), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री।

  • लुम्बिनी लायन्स: रोहित पौडेल (मार्की), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता, आदिल खान।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको