Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार राताम्य, परिसूचक उच्च अंकले घट्दा कारोबार रकम १० अर्ब माथि

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १५ : २८ मा प्रकाशित

सेयर बजार राताम्य, परिसूचक उच्च अंकले घट्दा कारोबार रकम १० अर्ब माथि

सोमबार सेयर बजार राताम्य भएको छ । आज परिसूचीक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो । 

साताको दोस्रो दिन सेयर बजारमा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटभ इन्डेक्स पनि ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ । 

परिसूचक घटेको दिन १० अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर ९८ हजार ५२५ पटक खरिद बिक्री हुँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको