Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ७१ अर्बभन्दा बढी नाफा, नबिल बैंकको सबैभन्दा बढी

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १२ : ४२ मा प्रकाशित

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ७१ अर्बभन्दा बढी नाफा, नबिल बैंकको सबैभन्दा बढी

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ४३.६८% ले बढी हो। २०८०/८१ मा बैंकहरूको नाफा ४९ अर्ब ५४ करोड रुपैयाँ थियो।

२० वटा वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक रह्यो, जसको नाफा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ जसले ६ अर्ब ७५ करोड, र तेस्रोमा ग्लोबल आइएमई बैंक छ जसको नाफा ६ अर्ब २० करोड रहेको छ।  अघिल्लो आर्थिक वर्षको तुलनामा यी बैंकहरुको नाफा क्रमशः १५ प्रतिशत,६४ प्रतिशत र १.१० प्रतिशतले बढेको  हो । 

त्यस्तै, प्रभु बैंकको ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड, पाँचौ नम्बरको एभरेष्ट बैंकको ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड र छैटो नम्बरको लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा क्रमशः प्राइम बैंकको नाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड, कृषि विकास बैंकको ४८.८८ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड, राष्टिय वाणिज्य बैंकको ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड, नेपाल बैंकको १३ हजार १७५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकको १० प्रतिशतले बढेर ३ अर्ब ३९ करोड, एनएमबि बैंकको ४६ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

स्टान्र्डड चार्टड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब, सानिमा बैंकको ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड, कुमारी बैंकको ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड, हिमालयन बैंकको २२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड र सिटिजन्स बैंकको २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

 एनआईसी एशिया बैंकको नाफा भने ७७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा आइपुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको