Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नं ७४ को पहिलो शाखा बुटवलमा

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १७ : ३१ मा प्रकाशित

ब्रोकर नं ७४ को पहिलो शाखा बुटवलमा

बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट स्वस्तिपुजा गरी सञ्चालनमा ल्याएको छ । 

उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची तगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित सेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल “कमल” ले बताए । 

यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा सेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए । 

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भदौ १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप के.सी.ले बताए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको