Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ९ अंकको सुधार, कारोबार रकममा गिरावट

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १५ : २२ मा प्रकाशित

सेयर बजारमा ९ अंकको सुधार, कारोबार रकममा गिरावट

सोमबार सेयर बजार परिसूचक एकल अंकले बढेको छ । अघिल्लो दिन २७ अंकले घटेको बजार आज ९.१६ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ अंकले बढेर ४७५.३३ विन्दुमा पुगेको हो । आज १३ उपसूचकमध्ये ११ उपसूचकको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । आज नेप्सेमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य घटेको छ । 

परिसूचक बढे पनि आज कारोबार भने घटेको छ । अघिल्लो दिन ७ अर्ब माथिको काराबार भएको बजारमा आज ६ अर्ब माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६७ हजार ९५९ पटक खरिद बिक्री हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको