Like us!
Follow us!
Connect us!
Watch us!

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बीमाङ्क रकम हस्तान्तरण

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १६ : ५१ मा प्रकाशित

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बीमाङ्क रकम हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकि बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई बीमाङ्क रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो । 

सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उहाँले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको