Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ११ : ०८ मा प्रकाशित

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो ।  

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

त्यसैगरी आज मंगलबार चाँदीको मूल्य  पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँका दरले किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको